घटना

कालीकोटको तिला नदीमा जिप खस्दा तीनको मृत्यु, एकजना बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कालीकोट, माघ २ गते । कालीकोटको  शुभकालिका गाउँपालिका –४ कुडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । 

सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट बोलेरो जिप तिला नदीमा खसेको हो । हुल्मबाट शुभकालिका –४ तर्फ जाँदैगरेको भे १ च २८९८ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो । 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमवहादुर खत्रीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न प्रहरी पोस्ट तथा चौकीबाट खटिएको प्रहरी टोलीले तीन जना पुरुषको शव नदी किनारबाट निकालेका छन । जिप पाँचसय मिटर तल खसेको छ । शव भेटिएकाहरुको सनाखत हुन सकेको छैन । 

जिप पछाडिको भागका दुईवटा टायर ढाला भाँचिएको अबस्थामा फेला परे पनि अरु कुनै प्रमाण भेटिएको छैन । जिप नम्वर पनि आधिकारिक रुपमा नभेटिए पनि स्थानीयले भे १ च २८९८ नम्वर भएको बताएका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।