घटना

पौडी खेल्ने क्रममा दुई भारतीय किशोर बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तानसेन, चैत ८ गते । नेपाल घुम्न आएका दुई भारतीय किशोर पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत सन्तवीर नगरका १७ वर्षीय फरान अन्सारी र सोही स्थानका १७ वर्षीय अमान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

आइतबार दिउँशो तिनाउ–३, स्थित ड्यामसाइड नजिकै भारतबाट नेपाल घुम्न आएका सात जना पौडी खेलेका थिए । तीमध्ये दुई जनालाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

बिज्ञापन

बेपत्ता भएका किशोरको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । तिनाउ नदी ड्याम साइडमा हरेक वर्ष नेपाल तथा भारतका मानिस पौडी खेल्ने क्रममा मृत्युवरण गर्न बाध्य छन् । सो स्थानमा पौडी नखेल्न आग्रह गरेपनि अटेर गर्ने र पौडी खेल्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे जानकार नभएका मानिसको डुबेर ज्यान जाने गरेको प्रहरीले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।