राष्ट्रिय समाचार

सरकारी कर्मचारीले अब महिनामा २ किस्तामा तलब पाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । सरकारले अब सरकारी कर्मचारीलाई तलबभत्ता महिनामा दुई किस्तामा उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गरिएको हो ।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । पत्रमा उल्लेख भएअनुसार अर्धमासिक रूपमा तलब वितरण गर्ने निर्णय मन्त्रीस्तरबाट भइसकेको छ ।

बिज्ञापन

हालसम्म सरकारी कर्मचारीहरूले महिनामा एकपटक मात्रै तलब पाउँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार अब महिनामा दुईपटक तलब प्राप्त हुने भएकाले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि तलब वितरण प्रणाली थप व्यवस्थित, पारदर्शी र समयमै हुने विश्वास गरिएको छ । मन्त्रालयले सम्बन्धित निकायहरूलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी शीघ्र पूरा गर्न आग्रह गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।