राजनीति

चुनाव नजितेका ४० क्षेत्रमा समानुपातिक सांसदलाई खटाउँदै रास्वपा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रहरु आफ्ना समानुपातिक सांसदहरुलाई खटाउने भएको छ । अन्य पार्टीले जितेका क्षेत्रमा मतदातासँग समन्वय गर्नका लागि आफना सांसद पठाउने निर्णय भएको हो ।

सचिवालय वैठकले देशका सबै निर्वाचन क्षेत्रमा रास्वपाको सांसद हुने गरी सो निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले भने, ‘हामीले चुनाव नजितेका ४० निर्वाचन क्षेत्रका आमनागरिकले रास्वपामा कसरी सम्पर्क गर्ने, हाम्रो सांसद को हो, हाम्रो कुरा कसले सुन्न भन्ने गर्नुभएको छ । त्यसको समाधानका लागि समानुपातिक सांसदबाट समन्वय गर्ने विषयमा आज गृहकार्य भएको छ । भोलि केन्द्रीयको वैठकपछि सार्वजनिक गर्ने तयारी छ ।’

बिज्ञापन

सोपश्चात १६५ वटै निर्वाचन क्षेत्रमा रास्वपा सांसदको प्रतिनिधित्व हुने र उनीहरुमार्फत आमनागरिकका समस्या समाधान गरिने बुर्लाकोटीले बताए । सांसदहरुलाई प्राविधिक सहयोग गर्नका लागि केन्द्रीय कार्यालयमा टिम तयार राख्ने निर्णय पनि भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।