राष्ट्रिय समाचार

सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन, उपत्यकाबाटै सुरु गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले आज साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने काम सुरु गर्न निर्देशन दिएका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बस्ती हटाउने अभियान काठमाडौं उपत्यकाबाटै सुरु गरिनेछ ।

शाह काठमाडौं महानगरपालिकाका मेयर रहेका बेला पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला सुकुम्बासीहरूको प्रतिवादका कारण उक्त प्रयास सफल हुन सकेको थिएन ।

प्रधानमन्त्री भएपछि पुनः उनले अतिक्रमित रूपमा बसोबास गरिरहेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।