सुकुमबासी बस्तीमा दमन नगर्न बृहत् नागरिक आन्दोलनको चेतावनी

काठमाडौं । सुकुमबासी बस्तीहरू खाली गराउने सरकारी तयारीप्रति बृहत् नागरिक आन्दोलनले गम्भीर ध्यानाकर्षण जनाएको छ । जबरजस्ती बस्ती खाली नगराउन, बल प्रयोग र दमन नगर्न आन्दोलनले चेतावनी दिएको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीबाट सुरक्षा निकायलाई सुकुमबासी बस्ती खाली गराउन ठाडो निर्देशन दिएकोप्रति कडा आपत्ति जनाएको हो । मन्त्रिपरिषद्ले पारित गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा भूमिहीन र सुकुम्वासीको प्रमाणीकरण तथा पुनर्वासमार्फत दिगो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको भए पनि प्रधानमन्त्री स्वयंले त्यसलाई कुल्चिन खोजेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानद्वारा प्रत्याभूत नागरिकको आवासको हकको ग्यारेन्टी नगरी उल्टै जबरजस्ती बस्ती भत्काउने, उठिबास लगाउने वा विस्थापन गर्ने कार्य मानव अधिकार र नागरिक अधिकारको गम्भीर उल्लङ्घन हो।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
