आस्था /आध्यात्म

प्रेमको कुनै आकार हुँदैन — ज्ञान प्रचारक महात्मा कालु भाइ अहिर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ वैशाख । भारतको गुजरात राज्यको जुनागढबाट आउनुभएका ज्ञान प्रचारक महात्मा कालु भाइ अहिरले “प्रेमको कुनै आकार हुँदैन” बताउनु भएको छ ।

oplus_6291456

टीकापुर भवनमा प्रत्येक शनिबारझैं यस शनिबार पनि साप्ताहिक सत्संग आयोजित गरिएको कार्यक्रममा ज्ञान प्रचारक महात्मा कालुराम अहिरले उदाहरण दिँदै भन्नुभयो, “गुलियोको कुनै आकार हुँदैन, तर जब गुलियो आकार लिएर आउँछ, त्यसलाई चिनी (शक्कर) भनिन्छ । त्यस्तै, संसारमा प्रेमको कुनै आकार हुँदैन, जब गुरु धर्तीमा साकार रूपमा आउनुहुन्छ, त्यसलाई प्रेम, दया र करुणा भनिन्छ ।” उहाँले सत्गुरुले आज हाम्रो जीवनमा यिनै गुणहरू विकास गरिरहेको बताउनुभयो ।

बिज्ञापन

उहाँले यहाँका सन्त–भक्तहरूमा गुरु प्रति अटुट विश्वास, श्रद्धा र भक्ति रहेको उल्लेख गर्नुभयो । साथै, आफूलाई पहिलेदेखि नै यहाँ आउन निमन्त्रणा गरिएको भए पनि व्यस्तताका कारण समय मिलाउन नसकेको र यस पटक मात्र सन्तहरूको दर्शन गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

oplus_6291456

महात्मा कालु भाइ अहिरले मानव जीवन क्षणभंगुर रहेको बताउँदै भन्नुभयो कि मानिसको जीवन पानीको फोका जस्तै हो । कहिले समाप्त हुन्छ, थाहा हुँदैन । त्यसैले मानव जीवन अत्यन्त दुर्लभ भएकाले यसको सदुपयोग गर्नुपर्ने र यसलाई व्यर्थमा खेर नफाल्नुपर्नेमा जोड दिनुभयो ।

oplus_6291456

उहाँले सत्गुरुबाट ब्रह्मज्ञान प्राप्त गरी मानवीय गुणहरूले भरिपूर्ण जीवन बिताउँदै सच्चा मानवको परिचय दिनुपर्ने बताउनुभयो । यस क्षणभंगुर शरीरमार्फत सत्गुरु माता जीले हामीलाई निराकार परमात्माको दर्शन गराउनुभएको उल्लेख गर्दै उहाँले परमात्मा न जन्मिन्छ, न मर्छ, न घट्छ, न बढ्छ । उहाँ सधैं अटल र सर्वव्यापी हुनुहुन्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

oplus_6291456

उहाँले आज संसारमा गुरुको ज्ञान नभएका मानिसहरूले स्वार्थका लागि झगडा गर्ने, मानव–मानवबीच द्वेष फैलाउने र अरूलाई थिचोमिचो गरेर अघि बढ्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । अरूको सम्पत्ति हडपेर आफ्नै हित साध्ने प्रवृत्तिले समाजलाई भयावह बनाएको उहाँको भनाइ थियो ।

oplus_6291456

यस्तो अवस्थाबाट मुक्ति पाउन सत्गुरुले ब्रह्मज्ञान प्रदान गर्दै मानवमा प्रेम, भाइचारा र एकताको भावना जगाउँदै जीवन सुधार गर्ने मार्ग देखाइरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार आज संसारमा सबैभन्दा ठूलो कमी भनेकै प्रेमको कमी हो र यही कुरा सत्गुरुले सिकाइरहनुभएको छ ।

oplus_6291456

आफ्नी धर्मपत्नी शान्त अहिर र छोरीसहित नेपाल भ्रमणमा आउनुभएका महात्मा अहिरले पश्चिम नेपालका विभिन्न स्थानहरूमा आयोजित सत्संग कार्यक्रममा सहभागी भई सन्तहरूलाई दर्शन दिनुभएको थियो ।
सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल, केन्द्रीय सदस्य तथा ज्ञान प्रचारक प्रमुख देवराज रिमाल, सन्त निरंकारी सत्संग भवनका मुखी महादेव भण्डारी लगायतका सन्त–भक्तहरूले भजन तथा प्रवचनमार्फत आफ्ना भाव व्यक्त गरेका थिए भने भवनका मुखि महादेव भण्डारीले दुपट्टा चढाएर महात्मा अहिरको स्वागत गरेका थिए र कार्यक्रमको सञ्चालन राजन रेग्मीले गर्नुभएको थियो ।

oplus_6291456

सत्संगको अन्त्यमा स्क्रिनमार्फत सत्गुरु माता सुदीक्षा जी महाराज तथा राजपिता जी रमित जीको अमूल्य प्रवचन प्रसारण गरिएको थियो, जसबाट भक्तजनहरूले भरपूर आनन्द लिएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।