कैलाली

गोदावरीका मेयरलाई धनगढी उपमहानगरले ३५ हजार क्षतिपूर्ति तिराउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाएका गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार क्षतिपूर्ति तिराउने भएको छ । शनिबार राति मापसे गरेर उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो ।

दुुर्घटनामा परेको गाडीले सडक छेउमा लगाइएको रेलिङमा क्षति पुगाएपछि उपमहानगरपालिकाले सो वाफतको रकम मेयर भट्टलाई दण्ड तिराउने भएको हो । धनगढी उपमहानगरपालिकाका प्राविधिकले गाडीले गरेको क्षतिको मूूल्यांकन गर्दै मर्मत सम्भार गर्न ३५ हजार लाग्ने स्टमेट निकालेका छन् ।

बिज्ञापन

उक्त रकम नगदी रसिद काटेर मेयर भट्टबाट बुुझेर ल्याउन उपमहानगरपालिकाले कैलाली गाउँस्थित प्रहरी चौकीमा नगर प्रहरीलाई पठाएको थियो । तर, वारेस पठाएका मेयर भट्टले आफूले नै मर्मत सम्भार गर्ने प्रतिबद्धता गरेको उपमहानगरपालिकाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।