सहकारी दिवस बिशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न

टीकापुर, चैत्र २०
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर कैलालीको जानकी गाउँपालिका सहकारी शाखाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
जानकी गाउँपालिका अन्तरगत दर्ताभएका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागितामा सहकारी तथा गरिबी सम्बन्धि सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा कोपोमिससँगै सहकारी विभागले जारी गरेको ८८ बुँदे मार्गनिर्देशन सम्बन्धमा समेत छलफल गरिएको छ । कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीका अध्यक्ष तथा जनकल्याण साकोस टीकापुरका व्यवस्थापक छबिलाल जैशीले सहजिकरण गर्नुभएको थियो ।


जानकी गाउँपालिका उपाध्यक्ष उमा महत्तोको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदिपकुमार चौधरी प्रमुख अतिथि रहनुभएको थियो । सहकारी शाखा प्रमुख हिरालाल चौधरीले स्वागत सहित कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुको थियो भने कार्यक्रम संचालन सहकारी शाखाका कर्मचारी रामप्रसाद चौधरीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुको तर्फबाट गंगा थापा र वप्पल रावतले तालिमबाट भएको उपलब्धी सहितका आफ्ना धारणा राख्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.