अनौठो

वर्षापछि बिर्तामोडमा तीनतले घर भासियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिर्तामोड । झापाको बिर्तामोड नयाँ बसपार्कस्थित सुकुम्बासी बस्तीमा वर्षापछि एक तीनतले घर भासिएको छ।

स्थानीयका अनुसार हिजो परेको वर्षापछि पुरानो कुलो क्षेत्रको जमिन कमजोर बनेपछि कुलोमाथि पिलर राखेर निर्माण गरिएको उक्त घर भासिएको हो। घर भासिएसँगै संरचनामा क्षति पुगेको छ।

बिज्ञापन

स्थानीयवासीले पुरानो कुलो अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण जोखिम बढ्दै गएको बताएका छन्। वर्षासँगै जमिनको सतह कमजोर बन्दा घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि स्थानीयबासी त्रसित बनेका छन्। घर भासिएको घटनाबारे सम्बन्धित निकायले स्थलगत अनुगमन तथा थप अध्ययन गरिरहेको जनाइएको छ।

मानवीय क्षति भएको वा नभएको विषयमा भने विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।