अत्यधिक रक्तस्रावपछि गम्भीर बनेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको समयमै गरिएको हवाई उद्धारपछि ज्यान जोगिएको छ।
सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पतालमा लगिएको थियो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गरिएको उक्त उद्धारपछि चिकित्सकहरूले समयमै उपचार उपलब्ध भएकाले उनको अवस्था खतरामुक्त रहेको बताएका छन्। हाल उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा गर्न सञ्चालन हुँदै आएको हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको चिकित्सक तथा स्थानीय प्रशासनको भनाइ छ। उनीहरूले समयमै उद्धार र उपचारको पहुँचले मातृ मृत्युदर न्यूनीकरणमा समेत सकारात्मक योगदान पुगेको बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.