घटना

१५ वर्षदेखि बेपत्ता दैलेखका महेश बहादुर खड्काको तीन वर्षअघि नै निधन भएको खुलासा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख, १८ असार । दैलेखको दुल्लु नगरपालिका–१ निवासी प्रेम बहादुर खड्काका छोरा तथा जीत बहादुर खड्काका कान्छा भाइ महेश बहादुर खड्काको १५ वर्षपछि तीन वर्षअघि नै निधन भएको दुःखद खबर परिवारले प्राप्त गरेको छ। उक्त जानकारी सार्वजनिक भएसँगै परिवार तथा गाउँभर शोकको वातावरण छाएको छ।

परिवारका अनुसार महेश बहादुर खड्का करिब १३ वर्षको उमेरमा रोजगारीका लागि भारतको हिमाचल प्रदेशस्थित कुल्लु–मनाली गएका थिए। त्यसयता उनी परिवारसँग सम्पर्कविहीन बनेका थिए।

बिज्ञापन

महेशको खोजीका लागि परिवारले आफन्त, चिनेजानेका व्यक्ति तथा विभिन्न माध्यमबाट निरन्तर प्रयास गरेको थियो। साथै, परिवारका सदस्यहरू हिमाचल प्रदेशसम्म पुगेर खोजतलासमा जुटे पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन।

वर्षौंसम्म कुनै खबर नआए पनि परिवारले महेश एक दिन घर फर्किने आशा भने कहिल्यै त्यागेको थिएन। तर हालै उनको तीन वर्षअघि नै निधन भएको जानकारी प्राप्त भएपछि परिवारका सदस्यहरू गहिरो शोकमा डुबेका छन्। यो खबर सार्वजनिक भएसँगै स्थानीयवासीसमेत स्तब्ध बनेका छन्।

महेश बहादुर खड्काको मृत्यु कहिले, कसरी र कुन परिस्थितिमा भएको हो भन्ने विषयमा हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन। परिवारले घटनासम्बन्धी थप जानकारीको प्रतीक्षा गरिरहेको जनाएको छ।

स्थानीयवासीले सम्बन्धित निकायमार्फत घटनाबारे स्पष्ट विवरण सार्वजनिक हुनुपर्ने आवश्यकता औँल्याएका छन्। परिवारले पनि सत्यतथ्य बाहिर आओस् भन्ने अपेक्षा व्यक्त गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।