टीकापुर

टीकापुर अस्पतालभित्र कर्मचारीबीच हातपात, प्रहरीमा पुग्यो घटना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २४ असार । कैलालीको टीकापुर अस्पतालभित्र कार्यरत दुई कर्मचारीबीच हातपात भएको घटना सार्वजनिक भएको छ।

जानकारीअनुसार अस्पतालको फिजियोथेरापी शाखामा कार्यरत अनिल तिवारीले प्रयोगशाला (ल्याब) इन्चार्ज उमेश बजगाईमाथि कार्यालयभित्रै हातपात गरेका हुन्। घटनाका बेला बजगाई प्रयोगशालाको ढोकानजिक उभिएका थिए। सोही समयमा अर्कोतर्फबाट आएका तिवारीले उनीमाथि एक्कासि हातपात गरेको बताइएको छ।

बिज्ञापन

घटनाको कारण भने हालसम्म खुलेको छैन। दुवै पक्षबीच के विषयमा विवाद भएको थियो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

घटनापछि कुटपिटसम्बन्धी उजुरी इलाका प्रहरी कार्यालय टीकापुरमा दर्ता गरिएको स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

यस विषयमा टीकापुर अस्पताल प्रशासन र सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।