घटना

२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई पुनः नियन्त्रणमा लिएर दाह्रा काटिने, नयाँ रेडियो कलर जडान गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन — मानव–हात्ती द्वन्द्वका कारण चर्चामा रहेको ‘ध्रुवे’ नामको जङ्गली हात्तीलाई पुनः नियन्त्रणमा लिएर यसको दाह्रा छोट्याउने तथा नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार हात्तीलाई बेहोस बनाएर दाह्रा काटिनेछ भने पुरानो रेडियो कलर हटाएर नयाँ जडान गरिनेछ। यसअघि पनि दुई वर्षअघि ध्रुवेको दाह्रा काटिएको थियो।

बिज्ञापन

गत शनिबार राति उक्त हात्तीको आक्रमणमा एकै परिवारका दुई जनाको ज्यान गएको थियो। यही घटनासँगै ध्रुवे हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए। घटनापछि हात्तीको निरन्तर निगरानी र अनुगमन भइरहेको उनले बताए।

निकुञ्जमा ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने जङ्गली भाले हात्ती रहेका छन्। निकुञ्जभित्र रहेका पोथी हात्तीको प्रजनन यिनै भाले हात्तीबाट हुँदै आएको जनाइएको छ। निकुञ्ज क्षेत्रमा हाल ४५ देखि ५० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको छ।

निकुञ्ज प्रशासनका अनुसार अन्य हात्तीले उल्लेखनीय समस्या सिर्जना नगरे पनि ध्रुवेले बारम्बार मानव बस्तीमा क्षति पुर्‍याउँदै आएको छ। हात्तीले भत्काएको र आगलागीसमेत भएको घर पुनर्निर्माणका लागि निकुञ्ज, विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायले समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइरहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।