प्रवास

ठाणेबाट सुरु भयो नेपाली समाजको एआई यात्रा, विद्यार्थी र अभिभावक उत्साहित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई । भारतको मुम्बईस्थित ठाणे जिल्लामा नेपाली समाजका सदस्य तथा विद्यार्थीलाई लक्षित गर्दै ‘AI Foundation Course | Batch–1’ अन्तर्गत एकदिने एआई (कृत्रिम बुद्धिमत्ता) प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

संयुक्त नेपाली महासङ्घका सल्लाहकार सह–प्रमुख तथा कोटल म्यानेजमेन्ट सर्भिसका निर्देशक मनोज कोटल र संयुक्त नेपाली महासङ्घका सल्लाहकार सदस्य, समाजसेवी तथा आईटी क्षेत्रका प्रशिक्षक शिवप्रसाद बिष्टको संयुक्त प्रयासमा कार्यक्रम आयोजना गरिएको हो।

आधुनिक प्रविधिको ज्ञान वर्तमान समयमा अत्यावश्यक बन्दै गएको अवस्थामा नेपाली समाजका अभिभावक तथा बालबालिकालाई एआई र आधुनिक प्रविधिबारे आधारभूत ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रशिक्षणमा सहभागीहरूलाई एआईको प्रयोग, आधुनिक प्रविधिको उपयोग तथा यसको शैक्षिक र व्यावसायिक क्षेत्रमा हुन सक्ने सम्भावनाबारे जानकारी दिइएको थियो। कार्यक्रमले नेपाली समाजका विद्यार्थी तथा सदस्यलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

कार्यक्रमको सफलताका लागि योगदान पुर्‍याउने प्रशिक्षक, प्रशिक्षार्थी, अभिभावक, विद्यार्थी, सहयोगी तथा शुभचिन्तकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

विशेषगरी प्रशिक्षक शिवप्रसाद कोइराला तथा कोटल म्यानेजमेन्ट सर्भिसप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। उनीहरूको सहयोग, मार्गदर्शन र प्रयासबाट नेपाली समाजका सदस्य तथा विद्यार्थीले एआई तथा आधुनिक प्रविधिको ज्ञान हासिल गर्दै शैक्षिक र आर्थिक क्षेत्रमा अघि बढ्ने अवसर प्राप्त गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी अभिभावक तथा बालबालिकाको सक्रिय सहभागिताले प्रशिक्षणलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

आयोजकले आगामी दिनमा पनि नेपाली समुदायलाई आधुनिक प्रविधिसँग जोड्ने तथा नयाँ पुस्तालाई समयानुकूल सीप र ज्ञान प्रदान गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।