ट्याङ्कीमा खसेका सहकर्मीलाई बचाउन खोज्दा आफैं खसे, कोरिया पुगेको १८ महिनामै विकासको निधन

काठमाडौ, २७ साउन । रोजगारीका लागि दक्षिण कोरिया पुगेका ताप्लेजुङका ३२ वर्षीय विकास शेर्पाको दुःखद निधन भएको छ। कोरिया पुगेको करिब १८ महिनामै शेर्पाले ज्यान गुमाएका हुन्।
शेर्पा सन् २०२५ फेब्रुअरीमा रोजगारीका लागि दक्षिण कोरिया पुगेका थिए। उनी त्यहाँको एक बंगुर फार्ममा कार्यरत रहेको बताइएको छ।
प्राप्त विवरणअनुसार, फार्ममा काम गर्ने क्रममा बंगुरको मलमूत्र जम्मा हुने ट्याङ्कीमा उनका भियतनामी सहकर्मी खसेका थिए। सहकर्मीलाई बचाउने प्रयास गर्ने क्रममा विकास पनि ट्याङ्कीभित्र खसेका थिए।
ट्याङ्कीभित्र खसेपछि दुवै जना बाहिर निस्कन नसकेको बताइएको छ। रासायनिक पदार्थयुक्त ट्याङ्कीभित्र निसासिएर दुवै जनाको मृत्यु भएको पुष्टि भएको छ।
रोजगारीका लागि दक्षिण कोरिया पुगेर मेहनत गरिरहेका शेर्पाको असामयिक निधनको खबरले परिवार, आफन्त तथा चिनजानका व्यक्तिहरू शोकमा डुबेका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
