अर्थ

टीकापुरमा यामाहा XSR155 सार्वजनिक, क्लासिक डिजाइन र आधुनिक प्रविधिको आकर्षण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ९ भदौ । जानकी कम्प्लिट अटो केयर, टीकापुरले यामाहाको लोकप्रिय XSR155 मोटरसाइकल औपचारिक रूपमा सार्वजनिक गर्दै बिक्री–वितरण सुरु गरेको छ। क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको XSR155 टीकापुरमा भित्रिएसँगै मोटरसाइकल प्रेमीका लागि नयाँ विकल्प थपिएको छ।

मोटरसाइकलको उद्घाटन कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले केक काटेर तथा निलो कपडाले ढाकिएको मोटरसाइकल अनावरण गर्दै गर्नुभएको थियो। मोटरसाइकल सार्वजनिक गर्ने क्रममा सहभागीहरूले तालीको गडगडाहटसहित उत्सवपूर्ण वातावरणमा सेतो फोहोरा उडाएर स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले XSR155 आकर्षक हुनुका साथै चलाउँदा निकै सहज र आरामदायी रहेको बताउनुभयो। नयाँ डिजाइन र आधुनिक प्रविधिसहितको मोटरसाइकल भएकाले ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गर्दै उहाँले जानकी कम्प्लिट अटो केयरको व्यवसायिक सफलताको शुभकामना दिनुभयो।

जानकी कम्प्लिट अटो केयरका सञ्चालक हेमन्त रावलका अनुसार XSR155 को मूल्य रु. ५ लाख ३९ हजार ९ सय निर्धारण गरिएको तापनि रंग अनुसार मूल्य फरक -फरक रहेको बताउनुभयो । उहाँले मोटरसाइकलको सबैभन्दा ठूलो विशेषता यसको क्लासिक लुक र आधुनिक प्रविधिको संयोजन रहेको बताउनुभयो।

रावलका अनुसार XSR155 मा १५५ सीसीको VVA इन्जिन प्रयोग गरिएको छ। यसले विभिन्न स्पिडमा सहज पावर प्रदान गर्नुका साथै ६–स्पिड गियरबक्सका कारण शहरदेखि लामो दूरीसम्मको यात्रालाई आरामदायी बनाउने उहाँको भनाइ छ।

गोलो LED हेडलाइट, आकर्षक फ्युल ट्यांक, क्लासिक शैलीको सिट तथा न्यूनतम बडी डिजाइनले मोटरसाइकललाई विशिष्ट लुक दिएको छ। आधुनिक स्पोर्ट्स बाइकभन्दा फरक शैलीमा निर्माण गरिएको XSR155 विशेषगरी स्टाइलिस तथा क्लासिक डिजाइन मन पराउने ग्राहकका लागि आकर्षक विकल्प बन्ने रावलले बताउनुभयो।

त्यस्तै, मोटरसाइकलमा USD अगाडिको सस्पेन्सन, मोनोसक पछाडिको सस्पेन्सन तथा डिस्क ब्रेकसँग ABS प्रविधि उपलब्ध रहेको छ। यी सुविधाले मोटरसाइकलको नियन्त्रण, सवारी सहजता र सुरक्षामा सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ।

रावलले XSR155 लाई क्लासिक लुकसँगै आधुनिक इन्जिन, राम्रो प्रदर्शन र दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त प्रिमियम मोटरसाइकलका रूपमा प्रस्तुत गर्नुभयो।

कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमल्सीना, जानकी कम्प्लिट अटो केयर सर्भिसका सञ्चालक अनिल रावल, व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।

यामाहा XSR155 को नेपालभरका डिलरमार्फत एकै दिन सार्वजनिक तथा बिक्री–वितरण सुरु गरिएको जनाइएको छ। टीकापुरमा समेत यसको बिक्री सुरु भएसँगै स्थानीय ग्राहकले अब आफ्नै शहरबाट XSR155 खरिद गर्न सक्ने भएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।