घोडाघोडीमा ५६ लाखको खानेपानी पाइपमा आगजनी, दोषी अझै पक्राउ परेनन्

घोडाघोडी, , १४ भाद्र । घोडाघोडी नगरपालिका–४, माघीस्थित सीताकुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको करिब ५६ लाख रुपैयाँ मूल्य बराबरको खानेपानी पाइप जलेर नष्ट भएको घटनामा दोषी अझै पक्राउ परेका छैनन्।
खानेपानी आयोजनाका लागि राखिएका पाइपमा आगलागी हुँदा ठूलो क्षति भएको लामो समय बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउ हुन नसकेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको भनिए पनि अहिलेसम्म दोषी पक्राउ नपर्दा आशंका बढेको छ। उनीहरूले राजनीतिक संरक्षणका कारण दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको हो कि? भन्दै सम्बन्धित निकायसँग जवाफ मागेका छन्।
पाइप जलेर नष्ट भएपछि खानेपानी आयोजनाको कामसमेत प्रभावित भएको बताइएको छ। लाखौँ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको घटनामा दोषी पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने स्थानीयको माग छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
