सहयोग तथा उदार

देश रोएको बेला सन्त निरंकारी मण्डल वयरघारीले गर्‍यो ११२ पिन्ट रक्तदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्याङ्जा, १८ भाद्र । देश कठिन र दुःखद परिस्थितिबाट गुज्रिरहेको समयमा मानवीय सेवाको भावनासहित सन्त निरंकारी मण्डल नेपाल शाखा वयरघारीले रक्तदान कार्यक्रममार्फत उल्लेखनीय योगदान गरेको छ।

लोक कल्याणकारी विज्ञापन

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोग तथा नेपाल तरुण दल स्याङ्जाको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल शाखा वयरघारीका सेवाभावी सदस्यहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै ११२ पिन्ट रक्तदान गरेका हुन्।

लोक कल्याणकारी विज्ञापन

“देश रोइरहेको बेला मानव जीवन बचाउने रक्तदानजस्तो महादानमा सहभागी हुन पाउनु हाम्रो लागि सौभाग्य हो,” भन्ने सेवाभावसहित मण्डलका सन्तहरुले रक्तदान गरेका थिए ।

बिज्ञापन

यस दुःखद घडीमा सेवाको अवसर प्रदान गरेकोमा सन्त निरंकारी मण्डल नेपाल शाखा वयरघारीले नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र नेपाल तरुण दल स्याङ्जाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

मानवताको सेवामा गरिएको यस्तो योगदानले संकटका बेला एक–अर्काको पीडामा साथ दिने नेपाली समाजको सद्भाव, सहकार्य र सेवाभावलाई अझ बलियो बनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन