राष्ट्रिय समाचार

आज स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । हाल नेपालको मौसममा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ।

यसैगरी दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । यस्तै प्रदेश नं १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र मधेस प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।