बिश्व

पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका शेहबाज को हुन् ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । सत्तरी वर्षीय शेहबाज शरिफ तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीनपटक मुख्यमन्त्री भइसकेका छन् । सन् १९९७, २००८ र २०१३ मा गरी शेहबाज पञ्जाबमा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका थिए ।

सम्पन्न शरिफ कुलका शेहबाज उनको ‘क्यान–डु’ प्रशासनिक शैलीबाट चिरपरिचित छन् । पञ्जाब प्रान्तको मुख्यमन्त्री हुँदा बेइजिङले सहयोग गरेको परियोजनामा चीनसँग निकट रहेर काम गर्दा उनको यो शैली देखिएको थियो ।

बिज्ञापन

उनी लाहोरको औद्योगिक परिवारमा जम्मिएका हुन् । उनले त्यही शिक्षा हासिल गरे । त्यसपछि उनी पारिवारिक र संयुक्त लगानी रहेको एउटा पाकिस्तानी स्टिल कम्पनीमा प्रवेश गरे ।
उनी पञ्जाबको राजनीतिमा पनि प्रवेश गरे । राष्ट्रिय राजनीतिक विप्लव हुनअघि सन् १९९७ मा उनी पहिलोपटक पञ्जाबको मुख्यमन्त्री बनेका थिए । सैनिक कूपछि उनलाई जेल हालियो र पछि सन् २००० मा साउदी अरेबियामा निर्वासित भए ।

शेहबाज सन् २००७ मा निर्वासनबाट स्वदेश फर्किए र पञ्जाबको राजनीतिलाई पुनः निरन्तरता दिए ।
सन् २०१७ मा पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का नेता एवं तत्कालीन प्रधानमन्त्री नवाज शरिफ गैरकानुनी सम्पत्तिको मामिलामा दोषी ठहर भएर पदका लागि अयोग्य भएपछि शेहबाज पीएमएल–एनको प्रमुखको रूपमा राष्ट्रिय राजनीतिमा देखा परे ।

सन् २०१९ मा नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी) ले मुद्रा अपचलनको आरोप लगाउँदै शेहबाज र उनको छोराको २३ सम्पत्तिहरू रोक्का ग¥यो ।

सन् २०२० सेप्टेम्बर २८ मा एनएबीले शेहबाजलाई लाहोर उच्च अदालतमा पक्राउ ग¥यो र मुद्रा अपचलनको अभियोग लगायो । उनलाई सुनुवाइका लागि थुनामा राखियो । अप्रिल १४, २०२१ मा लाहोर उच्च अदालतले उनलाई जमानीमा रिहा ग¥यो ।

विश्लेषकहरू नवाजको विपरीत २२ करोड जनता रहेको राष्ट्रको विदेश र रक्षा नीतिमा परम्परागत रूपमा नियन्त्रण रहेको परमाणु शक्ति सम्पन्न पाकिस्तानी सेनासँग शेहबाजको मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँछन् ।

इमरान खानको प्रधानमन्त्री कार्यकालमा विपक्षी दलका नेता रहेका शेहबाज शरिफले खानलाई पदच्युत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।