१९ मुलुकसँग निर्वाचनको लागि सहयोग माग्दा कसैले दिएनन्

काठमाडौ । निर्वाचन आयोगले दातृराष्ट्र र निकायबाट स्थानीय तहको निर्वाचनमा सहयोग नपाउने भएको छ ।
आयोगले अर्थ मन्त्रालयमार्फत १९ मुलुकसँग सहयोग माग गरे पनि नपाउने भएको हो ।

अघिल्ला हरेक निर्वाचनमा दातृनिकायले नेपाल सरकारलाई विभिन्न वस्तु तथा सेवा दिएर सहयोग गर्दै आएका थिए । अघिल्लो निर्वाचनमा पनि भारत, चीत, यूएनडीपी लगायतका राष्ट्र र निकायले स्थानीय तहको निर्वाचनका लागि गाडीलगायत आवश्यक सामग्री सहयोग गरेका थिए ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले दातृनिकायसँग सहयोग माग गरे पनि तत्काल दिन नसकिने बताएको जानकारी दिए ।
थपलियाले सहयोगको लागि प्रयत्न गरे पनि स्थानीय निर्वाचनको लागि सहयोग ल्याउन नसकेको स्वीकार गरे ।
निर्वाचन आयोगले भारतसँग केही सवारीसाधन माग गरेको छ । चीनसहित अन्य दातृनिकायसँग पनि चुनावका लागि आवश्यक पर्ने विवरण पठाएको आयोगले जानकारी दिएको छ ।
प्रमुख आयुक्त थपलियाले नेपालले दातृनिकायसँग सहयोग ढिला माग गरेको कारण पाउन नसकेको बताए ।
निर्वाचन आयोग स्थानीय तहको लागि वैदेशिक सहयोग ल्याउन नसके पनि प्रदेश र संघीय निर्वाचनमा ल्याउने तयारीमा छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
