खेलकुद

दिल्ली क्यापिटल्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको थिएन ।

एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बिज्ञापन

दिल्लीमा देखिएको संक्रमण नै आईपीएल टिममा देखिएको पहिलो संक्रमण हो ।

शनिबार रोयल च्यालेञ्जर्स बेंग्लोरसँग भएको खेल पश्चात दिल्लीका खेलाडीले बेंग्लोरका खेलाडीसँग हात मिलाएनन् । आईपीएलद्वारा सामाजिक दुरी कायम गर्न भनिए पछि कुनै पनि खेलाडी हात नमिलाएका हुन् ।

दिल्लीले बुधबार एमसीए स्टेडियममा पञ्जाब किङ्ग्स विरुद्ध खेल्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।