नेपाली कांग्रेसले कसैको सहारा लिएर जानुपर्ने आवश्यकता छैनः शेखर कोइरला

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको सहारा लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन् ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता कोइरालाले कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताएका हुन् । उनले पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताए । उनले कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए ।

नेता कोइरालाले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन घर–घरमा जान नेता–कार्यकर्तालाई निर्देशन दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
