राजनीति

डडेल्धुराको अमरगढीमा एमालेबाट श्रीमान्–श्रीमती नै मेयर र उपमेयरका लागि सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले श्रीमान्–श्रीमतीलाई नै मेयर र उपमेयरको उम्मेदवार बन्नका लागि सिफारिस गरेको छ । एमालेको जिल्ला कमिटि बैठकले अमरगढी नगरपालिकामा मेयरका लागि करन ताम्राकार र इन्दिरा ताम्राकारलाई सिफारिस गरेको हो । उनीहरु दुवैजना श्रीमान्–श्रीमती हुन् ।

करन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् भने इन्दिरा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराकी इन्चार्ज छन् । उनीहरूको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको बताइएको छ । अमरगढीमा करन ताम्राकारसहित ८ जना मेयरमा र इन्दिरा ताम्राकारसहित ३ जना उममेयरमा सिफारिस भएका छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।