अछाममा सत्ता साझेदार ३ दलको गठबन्धन टुट्यो, छुट्टाछुट्टै प्रतिष्पर्धा गर्ने

अछाम । स्थानीय निर्वाचनमा अछाममा सत्ता साझेदार दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएका छन् ।
गठबन्धनको जिल्ला स्तरको नियमित बैठकले टुङ्गो लगाउन नसकेपछि आ आफ्नो तरिकाले प्रतिस्पर्धा गर्ने गरी अन्तिम बैठकले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।


नेपाली काँग्रेस अछामका सभापति पुष्प बहादुर शाह, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शरद सिंह भण्डारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शङ्कर भण्डारीद्वारा हस्ताक्षर विज्ञप्तिमा सत्ता साझेदार दलको उच्च मर्यादालाई ख्याल गर्दै स्थानीय तहको निर्वाचन समितिलाई आपसमा तालमेल गर्न बाधा नपुग्ने गरी आपसी रूपमा अघि बढेन विज्ञप्तिमा भनिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.