राजनीति

अब जसपामा रहदैनौ, अर्को चुनाव चिन्ह लिएर चुनाव लड्छौ : राई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कोहलपुर । जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले आफूहरु जसपा परित्याग गर्ने बताएका छन् । सत्ता गठबन्धनले नेपालगन्जको प्रमुख नेपाली कांग्रेसलाई दिने निर्णय भएसँगै जसपा बाँके नेतृत्वले असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा नै गरेको छ ।

गठबन्धनले नेपालगन्जमा उप्रप्रमुख जसपालाई दिने निर्णय गरेको थियो । तर उक्त निर्णयको बाँकेमा विरोध भएको छ । राईले गठबन्धनको निर्णय मान्ने नहुने बताए । आफूहरुले नेपालगन्जमै उम्मेदवारी दिने उनको भनाइ छ । ‘मेयर कांग्रेसलाई दिने निर्णय मान्दैनौ । हामी मेयरमै उम्मेदवारी दिन्छौँ । अब हामी जसपा रहेनौ । अर्को पार्टी खोल्छौँ ।’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने ।
उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको बताए । ‘सबैलाई बैठकमा बोलाएका छौँ । बिहान ७ बजेदेखि बैठक बसेर १० बजेसम्म निर्णय गरिसक्छौँ,’ उनले भने, ‘त्यसपछि पत्रकार सम्मेलन गर्छौँ ।’

बिज्ञापन

राईलगायत बाँकेका स्थानीय नेताहरूले केन्द्रमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएकै बेला नेपालगञ्जमा जसपाले छुट्टै चुनाव लड्ने भन्दै गठबन्धनलाई लिखित पत्र लेखेको थियो । नेपालगञ्ज उपमहानगरसहित बाँकेका पालिकामा छुट्टै निर्वाचन लड्ने तयारी थालेका जसपाका नेताहरूले केन्द्रमा गरेको सहमति नमान्ने भन्दै पार्टी परित्यागको तयारी थालेका हुन् ।

जसपाबाट बाँकेका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री मोहम्द इस्तियाक राईले स्थानीयस्तरमा नेता कार्यकर्ताले गरेको जुनसुकै निर्णयमा आफ्नो सहमति हुने बताएका छन् । उनले आफू जसपा दुई नम्बर प्रदेशको जस्तो मात्रै देखिएको भन्दै यही पार्टीमा रहेर दुई नम्बर बाहेकका प्रदेशबाट राजनीति गर्न नसकिनेजस्तो अवस्थामा पुगेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।