बिश्व

सुडानमा भएको झडपमा कम्तिमा १ सय ६८ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरू बीचको झडपमा कम्तिमा १ सय ६८ जनाको मृत्यु भएको छ ।

अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार डार्फरमा भएको हिंसामा अरु ९८ जना घाइते भएका छन् । बिहीबार पश्चिमी डार्फर प्रान्तको राजधानी गेनेनाबाट ३० किलोमिटर पूर्वमा रहेको क्रेइनिक क्षेत्रमा अज्ञात हतियारधारीले दुई जनाको हत्या गरेपछि हिंसा शुरु भएको हो ।

बिज्ञापन

पछि हिंसा गेनेनासम्म फैलिएको थियो । पछिल्लो आक्रमणमा सरकार समर्थित ‘जन्जविद’ नामक लडाकु समूहको हात रहेको सहायता समूहले आरोप लगाएका छन् । यसबाहेक यो समूहका धेरै सदस्यहरु सुडानको ‘¥यापिड सपोर्ट फोर्स’ नामक अर्धसैनिक बलमा समावेश भएको अल जजीराले जनाएको छ ।

सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन, पानी र चरनमा पहुँचको विवादका कारण द्वन्द्व बढेको छ । हालसम्म यस द्वन्द्वका कारण ३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ भने २५ लाख मानिसहरू विस्थापित भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।