राजनीति

देशभर ८२ हजार २ सय १० उम्मेदवारी दर्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि पछिल्लो विवरणअनुसार देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् ।

बिज्ञापन

यसमध्ये नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।