ससुरा–बुहारी फरक पार्टीबाट उम्मेदवार
लोक कल्याणकारी विज्ञापन

बदिर्या । बर्दियाको गेरुवा गाउँपालिकामा एकै घरका ससुरा र बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् ।
गेरुवा गाउँपालिका–३ का बलबहादुर थारू नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उमेदवार भएका छन् भने उनकी बुहारी लक्ष्मीकुमारी चौधरी नेपाली काँग्रेसका तर्फबाट पालिकाको उपाध्यक्षमा उम्मेदवार छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार रहेका थारू दुई मतले पराजित भएका थिए । यस्तै राजापुर नगरपालिकाको प्रमुख, उपप्रमुखमा श्रीमान–श्रीमती नै उम्मेदवार छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

