घटना

भारतमा मन्दिरको रथयात्रामा करेन्ट लागेर १० जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । भारतको तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । रथयात्राको क्रममा हाईभोल्टेज तारमा ठोक्किएर १० जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ ।

तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले दुर्घटनामा अन्य १५ जना घाइते भएका बताए । ‘वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथमा ठोक्किएर दुर्घटना भएको हो,’ उनले भने । कतिपय रिपोर्टमा मृत्यु हुनेको संख्या ११ रहेको पनि बताइएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा धेरै श्रद्धालुहरु गम्भीर घाइते भएका छन् । जसलाई तुरुन्तै नजिकको अस्पतालमा भर्ना गरिएको छ । सोही क्रममा खबर पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।