खेलकुद

जिम्बाब्बे ए विरुद्ध नेपाल विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपाल र जिम्बाब्बे ए टिमबीचको अन्तिम टी–२० खेल नेपालले ८ विकेटले पराजित गरेको छ ।

यससँगै तीन टी–२० खेलको सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो ।

बिज्ञापन

बुधबार भएको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा जितको लागि १३७ रनको लक्ष्य पछ्याएको नेपालले १५‍।५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा ओपनर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्काको मद्दतमा अविजित ८७ रन बनाए ।

कुशल भुर्तेलले ३४, बसिर अहमदले १५ बनाए । दीपेन्द्र सिंह ऐरी भने शून्यमा अविजित रहे ।
जिम्बाब्बेका लागि ल्युक जङ्वे र बान्डन मुबर्तेले ११ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । ब्याटिङमा चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९, इनोसेन्ट कायले १४, तडिवान्से मरुमानीले २७ र ल्युक जङ्ग्वेले २२ रन बनाए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।