राजनीति

सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सोलुखुम्बु । सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ ।

सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।

बिज्ञापन

झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट सुरु भएको झगडा सामूहिक झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।