राजनीति

प्रचण्ड–माधव प्रतिगमनकारी लालगद्दार हुन् : लेखराज भट्ट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बौनियाँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रचण्ड र माधव नेपाल प्रतिगामी लालगद्दार बनेको आरोप लगाएका छन् ।

उनले सत्ता गठबन्धनलाई प्रतिगमनकारीहरुको झुण्ड भन्दै स्थानीय चुनावबाट गठबन्धनलाई परास्त गर्न आह्वान समेत गरेका छन् ।

बिज्ञापन

कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बौनियाँमा आयोजित जनसभामा सम्बोधन गर्दै नेता भट्टले केपी ओलीको रुपमा मुलुकले असाधारण राजनेता पाएको र आफूहरुले प्रचण्डलाई छाडेर त्यहीकारण ओलीलाई साथ दिएको बताए ।

उनले भने,‘एउटा असाधारण राजनेताको नेतृत्वमा नेकपा अघि बढ्दा हाम्रै पार्टीभित्रका प्रचण्ड–माधव जस्ता प्रतिगमकारीले पार्टी विभाजन गरे । आज उनीहरू दलाल नोकरशाही पुँजीवादसँग गठबन्धन गर्दै पार्टी र जनताविरुद्ध लागि परेका छन् । हामी प्रतिगमनकारी गठबन्धनविरुद्ध विजयी हुनेछौं ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।