कञ्चनपुरमा दुई हप्तादेखि महिला बेपत्ता
लोक कल्याणकारी विज्ञापन

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।
श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् । आफन्तले गुरुङलाई कसैले देखेमा प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
