राष्ट्रिय समाचार

सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : राष्ट्रपति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएकी छन् ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेवी सरकार लोकतन्त्रका अपरिहार्य तत्त्व भएको बताइन् ।

बिज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार द्वय किशोर नेपाल र तारानाथ दाहाललाई पुरस्कृत गरेकी छन् ।

सातौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पत्रकार द्वय नेपाल र दाहाललाई जनही २ लाख रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिन् ।

कार्यक्रममा जनही १ लाख नगद राशिसहित दोसल्ला र प्रमाणपत्रद्वारा ६ जना पत्रकारलाई २०७८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा डिआर पन्त, इकवाल अहमत, गङ्गा बराल, ठाकुरप्रसाद वेल्वासे, बालकुमार नेपाल र सम्झना बन छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले भनिन्, “नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको छ, संविधान प्रदत्व मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा प्रेस स्वतन्त्रता अछुण रहने परिवेश निर्माण भएको छ ।”

उनले नेपाली प्रेस जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताका बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सिटीका रुपमा काम गरिरहेको बताइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।