घटना

रुकुममा दिनहुँ झडप, प्रहरी मुकदर्शक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुम । रुकुमको चौरजहारीमा हप्ता दिन अघिदेखि नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झपडमा काँग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् ।

वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र काँग्रेस कार्यकर्ता मनबहादुर विक घाइते भएका छन् । थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो । त्रिवेणी गाउँपालिका वडानम्बर ९, नुवाकोटमा गत बिहीबार काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपका क्रममा काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड गरिएको थियो ।

अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा. १ च १२६२ नम्बरको जीप तोडफोड भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले नुवाकोट प्रहरी चौकीमा थोरै जनशक्ति भएका कारण झडपलाई नियन्त्रणमा लिन गाह्रो भएको बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।