हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।
सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएको हो ।
बिज्ञापन

यो बिदा लागू भएसँगै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म हुनेछ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
