स्थानीय चुनावको

बैतडीको पुर्चौंडीमा कांग्रेस विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी । नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गत स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले पुर्चौंडीमा अहिले दुवै पद गुमाएको छ । मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम ५८८० मतसहित विजयी भएका छन् । गत स्थानीय तहको निर्वाचनमा थोरै मतले माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका बम यो पाली भने मेयरमा निर्वाचित भएका हुन् ।

बम नेकपा एमालेका कर्णबहादुर कुँवर र नेकपा माओवादी केन्द्रका विक्रम कुँवरलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै मिना धानुक ५२०० मतसहित विजयी भएकी छन् । नेकपा एमालेकी जानकी साउँदलाई पछि पार्दै उनी उपमेयरमा विजयी भएकी हुन् । माओवादी युद्धकालदेखि नै माओवादीको प्रभाव रहेको पुर्चौंडीमा कांग्रेसले विजय हासिल गरेको हो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।