स्थानीय चुनावको

अन्ततः टीकापुरमा मेयरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु र उपमेयरमा गठबन्धनका खडक शाह विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । अन्ततः टीकापुरमा मेयरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु र उपमेयरमा गठबन्धनका खडक शाहले विजय हासिल गरेका छन् । निकै लामो जनताको प्रतिक्षा र उतार–चढाव पछि बल्ल टीकापुरको मेयर र उपमेयरको परिणाम जनता माझ आएको छ ।

बामे सर्दै गरेको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो । यस पार्टीले टीकापुरको वडा नं. ४ र ५ मा वडा अध्यक्ष सहित पूरा प्यानल विजय भएको छ ।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी मतान्तरका साथै मेयरमा विजयी हासिल गरेका छन् । थारुले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट मेयरका लागि उम्मेदवारी दिएका नवराज रावललाई ३ हजार बढी मतले हराउँदै विजय भएका हुन् । नवराज रावलले ६६४२ मत प्राप्त गरेका थिए भने रामलाल डगौराले ९६४२ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । नवनिर्वाचित थारु टीकापुर–७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

त्यस्तै टीकापुरको उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले ७९५५ मत प्राप्त गरेर विजय हासिल गरेका छन् भने उनको निकटम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीकी उल्का देवि विश्वकर्माले ७८०२ मत प्राप्त गरेकी थिइन ।

उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ ।

नवनिर्वाचित मेयर थारुले शान्ति, समृद्धि, सुशासनको ३ खम्बे नीतिका साथ काम गर्ने जनाएका छन् । नगरवासीले दिएको अमूल्य मतलाई शिरोधार्य गर्दै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले भने, ‘राजनीतिक र विकासको दृष्टिकोणले टीकापुरलाई राज्यले उपेक्षा गर्दै आएको महसूस हामीले गरेका छौं । हामीले यहाँ शान्ति तथा न्याय र विकास चाहेका छौं । त्यसैले कसैलाई प्रतिपक्ष बन्न दिने छैनौ । सबैलाई मिलाएर अगाडि बढ्नलाई नगरवासीले मत दिएका छन् ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।