स्थानीय चुनावको

धनगढीमा गोपाल हमाललाई साढे ९ हजारको अग्रता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले साढे ९ हजारको अग्रता बनाएका छन् ।

शुक्रबार बिहान ७ बजेसम्म ४२ हजार २३० मत गन्दा मेयर स्वतन्त्र उम्मेदवार गोपाल हमाल १९ हजार १४७ मत पाएका छन् ।

बिज्ञापन

गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वडले ९ हजार ५५७ मत पाएका छन् ।

हमाल वडभन्दा ९ हजार ५९० मतले अघि छन् ।

यस्तै एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएकी छिन् ।

उपमेयर गठबन्धनका तर्फबाट माओवादीकी उम्मेदवार शान्ति अधिकारी ८ हजार ८१५ सहित अग्रता लिइरहेकी छिन् ।

उनलाई एमालेकी कन्दकला राना ८ हजार १४१ मतसहित पछ्याइरहेकी छिन् ।

स्वतन्त्र प्रभाकर भण्डारीले ५ हजार ६३ मत पाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।