स्थानीय चुनावको

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएको छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको हो ।

बिज्ञापन

मेयरमा निर्वाचित मोहनमायाले १६ हजार ३८ मत पाइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए ।

उपप्रमुखमा एमालेका निलकण्ड खनाल २० हजार ३६४ मत ल्याएर विजयी भए । माओवादी केन्द्रकी शान्ति ढकाल ११ हजार ५३३ मत ल्याएर हारिन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६९७ मत पाइन् ।

१६ वटा वडा रहेको वीरेन्द्रनगरमा बहुमत वडामा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । वडा नंं. १ मा दिनेश खत्री नेपाली कांग्रेस, वडा नंं २ मा गजबहादुर बुढा एमाले, वडा नंं ३ मा विनोदसिंह विष्ट एमाले, वडा नं. ४ मा शेरबहादुर केसी एमाले, वडा नं. ५ मा लोकवहादुर शाही एमाले, वडा नं. ६ मा जनकबहादुर रावल कांग्रेस, वडा नं.७ मा ध्रुवकुमार चपाई कांग्रेस, वडा नं. ८ मा टीकाराम शर्मा एमाले, वडा नं. ९ मा ऋषि गिरी एमाले, वडा नं. १० मा डिलबहादुर रखाल एमाले, वडा नं. ११ मा खिमलाल देवकोटा एमाले, वडा नं. १२ मा चुडामणि चपाई एमाले, वडा नं. १३ मा दीपेन्द्रराज कोइराला कांग्रेस, वडा नं. १४ः देवबहादुर रोकाय एमाले, वडा नं. १५ मा कृष्णबहादुर थापा कांग्रेस र वडा नं. १६ मा डण्डबहादुर विश्वकर्मा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।