घटना

बिहे हुने खुसीमा मध्यरातसम्म नाचगान, सुतेपछि बाबुछोराकै विभत्स हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिरहा । सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ ।

सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो ।

बिज्ञापन

घरमै सुतिरहेको अवस्थामा गएराति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ ।

सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो ।

महिलाहरु राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए ।

सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान गरको छ ।

घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने ढकालले बताए । दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।