स्थानीय चुनावको

बालेन सिर्जनाभन्दा झण्डै दोब्बर मतले अगाडि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । २०७९ जेठ ८ गते दिउँसोसम्मको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले अहिलेसम्म ४१ हजार २७९ मत पाएका छन् । पछिल्लो विवरण अनुसार, १ लाख १६ हजार ८८५ मत गनिसकिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार शाहले ४१ हजार २७९ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धन दलबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३,८५५ मत प्राप्त गरेर केशव स्थापितलाई पछाडि छाड्न सफल भएकी छिन । स्थापितले चाहिं २३,०२४ मत ल्याएर अहिलेसम्म तेस्रो स्थानमा कुद्दै छन् ।

बिज्ञापन

यो मतगणनासम्म केशव स्थापित र सिर्जनाको दोस्रो र तेस्रोको को हुने भन्ने प्रतिस्पर्धा अझै कडा नै देखिएको छ । पछिल्लो मत गणना अनुसार, केशव स्थापित र सिर्जनाको दोस्रो र तेस्रो ७ ÷८ सय मतले अघि पछि हुन थालेको अवस्था छ ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । पछिल्लो मत अनुसार, सुनिता डंगोल ४० हजार ८०० मत ल्याएर उनका निकटतम प्रतिस्पर्धीलाई तेब्बर मतले उछिनेकी छिन ।

सुनिता डंगोलका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ७४८ मत पाएका छन् । रामेश्वर श्रेष्ठ गठबन्धन दलबाट उठेका एक मात्र उम्मेदवार हुन् । उनलाई गठबन्धन दल नेपाली कांग्रेसले नराम्रोसँग धोका दिएको प्राप्त मतले स्पष्ट हुन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।