स्थानीय चुनावको

कामपामा स्वतन्त्र उम्मेदवार बालेन साह लगभग १९ हजार मतले अगाडि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, १० जेठ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले  रातिकाे मत गणनाकाे नतिजा अनुसार,  ४७ हजार ३५४ मत प्राप्त गरेका छन् । याे मतकाे साथै साहले अग्रस्थान कायमै राखेका छन् ।  जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २८ हजार ४३३ मत प्राप्त गरेकी छिन ।

  यसैगरी तेस्राे स्थानमा झरेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले  २७ हजार ६१०९ मत ल्याएका छन भने सुमन सयामी ६,६४३ ले ल्याएका छन् । उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डङ्गालले सबैभन्दा बढी ४५ हजार ८७५ मत ल्याएर अग्रस्थानमा रहेकी छिन्  ।

बिज्ञापन

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत प्राप्त गरेका छन् । १,३८,८८२ (७३%) मत गनिसकिएकाे खबर छ ।

गन्न बॉकी ५२,१७३ (२७%) मत मात्र  गन्न बॉकी रहेकाे जानकारी हुन आएकाे छ ।  महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।

 अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११,  १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२  को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।