टीकापुरराजनीति

शव वाहन खरिद प्रक्रिया अगाडि बढाउने वडा अध्यक्ष बि क.को पहिलो निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ११ जेठ
टीकापुर नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष मोहन विकले पदभार ग्रहण संगै पहिलो निर्णयको रुपमा अन्तिम सस्कारको निम्ति शववाहन खरिद प्रक्रिया अगाडी बढाउने बताएका छ्न।

देशकै ठुलो वडाको रुपमा दाबी रहेको टीकापुर नगरपालिका वडा नम्बर १का नव निर्वाचित वडा अध्यक्ष मोहन लुहार वि.क ले मंगल बार पदभार ग्रहण संगै २टा निर्णय अघि सारेपछी सदस्य सहितले निर्णयहरु पारित गरेका छ्न।

बिज्ञापन

पहिलो निर्णय शव वाहन खरिद प्रक्रिया अगाडी बढाउने र दोस्रो निर्णय वडाको अव्यावस्थित बस्ती लाई व्यावस्थित गर्दै भुमिहिन सुकुम्बासी दलित बस्तीको पहिचान गरि प्रमाणीकरणका आधारमा मापदण्ड २०७७ बमोजिम लागत संकलनको कार्य भएकोले उक्त समस्या पुर्ण समाधानका लागी आवस्यक प्रक्रिया अगाडि बढाउने निर्णय रहेका छ्न।

मङलवार भएको उक्त पदभार ग्रहण कार्यक्रममा टीकापुर नगरपालिकाका पुर्व नगरप्रमुख तपेन्द्र रावल ,एमाले बाट नगर प्रमुखका उमेदवार रहेका श्याम खत्री पुर्ब वडा अध्यक्ष गंगाराम लगायत समाजसेवि बुद्धिजीवी हरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । उपस्थित सबैले बिक लाई कार्यकाल सफलताको शुभकामना दिदै खादा अबिरले स्वागत गरेका हुन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।