घटना

युवतीलाई होटलमा ‘बन्धक’ बनाएर पटक–पटक करणी, तीन जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पर्सा । काठमाडौंकी एक युवतीलाई पर्साको वीरगञ्जस्थित एक होटलमा बन्धक बनाएर पटक–पटक करणी गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

युवतीलाई प्रलोभनमा पारी बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज प्रहरीले मोरङ कटहरी गाउँपालिका–४ घर भई हाल वीरगञ्ज महानगरपालिका–८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह, वीरगञ्ज–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) र जुम्ला हेमा गाउँपालिका–३ जोगीवडा टोल घर भई हाल वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन् ।

बिज्ञापन

साहले जेठ ५ गते काठमाडौंकी २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बसपार्कस्थित एक होटलमा लगेर पटक–पटक करणी गरेको उनलाई आरोप लागेको छ । त्यसपछि उनले जेठ ९ गते ती युवतीलाई होटल सञ्चालिका कार्कीको जिम्मा लगाई आफू फरार भएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार कार्कीले जेठ १० गते योगीले विवाह गर्छ भनी झुक्याएर ती युवतीलाई योगीको जिम्मा लगाएकी थिइन् भने योगीले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक–पटक जबरजस्ती करणी गरी कोठा बाहिर निस्कन नदिई राखेका थिए ।
शनिबार राति ९ बजेतिर ती युवती योगीको कोठाबाट भागेर आफन्तको सम्पर्कमा आएकी थिइन् । आइतबार घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका विभिन्न टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेको थियो । आरोपितहरूलाई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।