प्रवास

गुजरातमा बलियो बन्दै प्रवासी नेपाली संघ प्रास गठन.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुजरात २१ असार प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत पर्ने वापी नगर समितिको मातहतमा रहने गरि गुन्जन प्रारम्भिक समिति ( प्रास. ) गठन गरिएको छ।

बिगतलामो समयदेखी संघको संरचनामा महाराष्ट्र_गुजरात सयुक्त राज्य रहदै आएको थियो भने पछिल्लो समयमा गुजरात राज्यसमिति अलग्गै बनाइएको छ।

बिज्ञापन

मंगलबार गुजरात क्षेत्रको ” प्रेम कुमार”गार्डनम त्यस क्षेत्रका प्रवासी नेपाली हरुको भेला आयोजना गरि नयाँ समिति निर्माण गरिएको छ।

भेलाको अध्यक्षता गोरख थापाले गरेका थिए भने प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य-टेक रावल “भीजन” रहेका थिए,त्यस्तै अन्य अतिथिहरुमा प्रवासी नेपाली संघ भारत केन्द्रिय सदस्य-कमल धामी र प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति उपाध्यक्ष-सोमराज बडाहीत को उपस्थिति रहेको थियो।भेला बाट प्रकाश नेपाली अध्यक्ष रहने गरि १३ सदस्यीय गुन्जन प्रारम्भिक समिति गठन गरिएको छ।

भेला बाट नवनिर्वाचित अध्यक्ष – प्रकाश नेपाली ,उपाध्यक्ष – गोरख थापा, सचीव – खेमराज बुढा, सहसचिव – एकेन्द्र बिष्ट, कोषाध्यक्ष – प्रकाश नेपाली ( पारश ) रहेका छन भने अन्य सदस्यहरु क्रमशः- दिपक रावत,ललित महता,टीका विष्ट,कुल अधिकारी,तिलक विष्ट,अलिसा रावत,पुजा नेपाली र कमला थापा रहेका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।