घटना

क्याम्पसका प्रमुखले महिलामाथि बलात्कार गरेको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी । बैतडीमा एक क्याम्पसका प्रमुखले महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेको हो। क्याम्पस प्रमुख नेगीले असार २० गतेको राति मुख थुनेर आफूमाथि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। 

कैलाली घर भएकी पीडित महिला पुर्चौडीमा ज्याला मजदुरीको काम गर्दै आएकी थिइन्। उनी पुर्चौडी नगरपालिका १ स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणको काम गर्थिन्। उनीसँगै उनका श्रीमान पनि त्यहाँ काम गर्थे। उनीहरु दुवैजना त्यहाँ डेरामा बस्थे। यस्तै बैतडीकै डिलाशैनी गाउँपालिका स्थायी घर भएका क्याम्पस प्रमुख नेगी पनि पुर्चौडीमा डेरामै बस्थे।

बिज्ञापन

पीडित भनिएकी महिला र नेगीको बसाइ नजिकै थियो। असार २० गतेको कुरा हो। पीडित महिलाका श्रीमान बिहानै काम विशेषले डडेल्धुरा आएका थिए। महिला डेरामा एक्लै थिइन्। रात परिसक्दा पनि उनका श्रीमान फर्किएका थिएनन्। रात छिप्पिदै थियो। अचानक ती क्याम्पस प्रमुख ढोकामा आएर पानी माग्न थाले। महिलाले पानी दिइन्। पानी पिएर त्यसपछि उनी भित्रै पसे। त्यसपछि उनले ढोका बन्द गरेर महिलामाथि जर्वजस्ती गर्न थाले। उनले महिलाको मुख थुने र करणी गरे। तर, ती क्याम्पस प्रमुख त्यहाँबाट निस्किन नपाउँदै महिलाका श्रीमान डडेल्धुराबाट डेरामा पुगे। त्यहाँ पुगेपछि उनले त्यो दृश्य सबै आफ्नै आँखाले देखे र प्रहरीमा जाने निर्णय गरे।

यहीँ घटनालाई लिएर बैतडीका विद्यार्थी संगठनबीच अहिले विज्ञप्ति ‘वार’ चलिरहेको छ। मजदुर महिलामाथि बलात्कार गरेको आरोप लगाउँदै तीन विद्यार्थी संगठनहरुले शनिबार विज्ञप्ति निकालेर कारवाही गर्न माग गरेका छन्। अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तीकारी)ले संयुक्त विज्ञप्ति निकालेर महिलामाथि क्याम्पस प्रमुखले बलात्कार गरेको आरोप लागेकाले घटनाको सत्यतथ्य छानविन गर्न आग्रह गरेका हुन्। यस्तै अनेरास्ववियु (क्रान्तिकारी र अखिल (क्रान्तिकारी) ले अर्को विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुख नेगीमाथि झुटो आरोप लगाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा आएका कुरा प्रमाणित गर्न चुनौती दिँदै दुवै संगठनले क्याम्पस प्रमुखमाथिको आरोप पुष्टि गर्न भनेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।