रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कृत
लोक कल्याणकारी विज्ञापन

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई आइतबार पक्राउ गरेको छ।
लोक कल्याणकारी विज्ञापन

ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवालले बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

